Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुरु भयो माओवादीको तराई मधेस जागरण अभियान, प्रचण्डले उद्घाटन गरे

सोमबार, फागुन १२, २०८१

काठमाडौं– हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानको झापाको कचनकबलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार उद्घाटन गरेका छन्। 

कञ्चनपुरमा समाप्त हुने जागरण अभियान केन्द्रीय समितिको निर्णयअनुसार सुरु गरिएको थियो। 

अभियानको उद्घाटनमा अध्यक्षसहित सबै पदाधिकारीहरू झापा पुगेका थिए।

अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरूले त्यहाँका स्थानीयसँग भेटघाट गरेका थिए। उनीहरूले स्थानीयकै घरमा बिहानको खाना खाएर कार्यक्रममा सरिक भएका थिए।   

झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी प्रचण्डले अभियान उद्घाटन गरे। अभियान चैत ७ गते सकिनेछ।

केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छ्न।
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्