Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्यमन्त्रीलाई तोसिमाले भनिन्– अध्ययन पुग्दैन भने सल्लाह हामी दिन्छौँ, मार्ग प्रशस्त गरिदिनू

सोमबार, फागुन १२, २०८१

काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेकी छिन्। स्वास्थ्य बिमाका लागि बजेट कम भएको भन्ने मन्त्री पौडेलको अभिव्यक्तिप्रति लक्षित गर्दै कार्कीले राजीनामाको विकल्प देखाएकी हुन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले स्वास्थ्य बिमाको सीमालाई पाँच लाख पुर्‍याउँछु भन्ने महत्त्वाकांक्षी सपना बाँड्ने मन्त्रीको भुक्तानी गर्न नसकिने अभिव्यक्ति सुन्दा दुःख लागेको बताइन्।

उनले भनिन्, ‘स्वास्थ्य बिमाको सीमालाई पाँच लाख पुर्‍याउँछु भन्ने महत्त्वाकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बिमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिनुभएको अभिव्यक्ति सुन्दा दुःख लागेको छ।’

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्