Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांसद पौडेलको प्रश्न : कुलमानलाई हटाउने हल्ला छ, गल्ती लोडसेडिङ मुक्त गर्ने हो ?

सोमबार, फागुन १२, २०८१

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजेकोबारे सरकारसँग जबाफ मागेका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले कुलमानलाई हटाउन खोजिएको चौतर्फ हल्ला चलेको भन्दै सरकारसँग त्यसको जबाफ मागेका हुन् । उनले के कारणले कुलमानलाई हटाउन खोजिएको भन्ने पनि खुलाउन माग गरे ।

‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ, पर्सी हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ,’ उनले भने, ‘उज्यालो नेपाल बनाएर के गल्ती गरे कुलमानले, घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे ? लोडसेडिङ हटाएर के गल्ती गरे ? भारत र बंगलादेशलाई बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे ?’ उनले बरु सरकारले कुलमानलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्