राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित
काठमाडौं- राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक आइतबार बसेको थियो । त्यसपछि अर्को बैठक फागुन १८ गतेका लागि राखिएको छ ।
राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा सोमबार, मंगलबार र बुधबार बैठक बस्ने उल्लेख छ । यी बैठकका लागि सम्भावित कार्यसूची समेत राखिएको छ । तर, यसबीचमा बैठक नराखेर राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ १५:०८
प्रतिक्रिया दिनुहोस्