माग्ने बुढाको ‘माग्ने राजा’ तीजमा प्रदर्शन हुने
काठमाडौं- केदार घिमिरे ‘माग्ने बुढा’को शीर्ष भूमिका रहने फिल्म ‘माग्ने राजा’को प्रदर्शन मिति तय भएको छ । घिमिरेले सोमबार फेसबुकमार्फत यो फिल्म आगामी हरितालिका तीजमा आउने जनाएका हुन् ।
‘आशिर्वाद दिनुहोला, तीजमा प्रदर्शनमा आउँदैछ’ उनले उल्लेख गरेका छन् । छायांकन सुरु नहुँदै निर्माताले तीजलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका हुन् ।
फिल्ममा माग्ने बुढा, आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, पवित्रा साँखी र शिशिर बाङ्देलको अभिनय हुनेछ । दर्शकले माग्ने बुढा र तक्मे बुढाको जोडीलाई दशकपछि पर्दामा हेर्न पाउनेछन् । उनीहरू पछिल्लोपटक ‘राम कहानी’मा एकसाथ देखिएका थिए ।
निर्देशन ऋषि लामिछानेले गर्नेछन् । आरम्भ प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । ३ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको फिल्मको निर्माता मुनाल घिमिरे हुन् ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१ १८:१७
प्रतिक्रिया दिनुहोस्