Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

सोमबार, फागुन १२, २०८१

काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । सोमबारको नियमित कार्यतालिकाअनुसार बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अपराह्न ५ बजे बैठक बस्ने तय भएकोमा ढिलागरी बैठक सुरु भएको हो ।

आजको बैठकमा बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति हुने सम्भावना छ । त्यस्तै ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने बारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्