Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को बुकिङ खुला, कसलाई कति शो ?

मंगलबार, फागुन १३, २०८१

काठमाडौं - यही बुधबारबाट रिलिज हुने तीनवटा नेपाली चलचित्रको बुकिङ खुला भएको छ । सोमबार ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को अग्रिम बुकिङ खुला भएको हो । 

सबैभन्दा धेरै शो ‘लाज शरणम्’ले पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा यो सिनेमाले ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यका बाहिर ३६ शो पाएको छ ।

‘फेरि रेशम फिलिली’ले काठमाडौं बाहिरका क्यूएफएक्सका आउट लेटमा २५ शो पाएको छ । ‘मायावी’ले काठमाडौं बाहिरका क्यूएफएक्सका आउट लेटमा २० शो पाएको छ । 

Dabur Nepal
NIC Asia
‘लाज शरणम्’ले आईएनआईमा १५ शो पाएको छ । विग मुभिजमा ५, एफक्यूब सिनेमाजमा ४, बीएसआरले ४ शो पाएको छ । वान सिनेमाजमा ९ शो पाएको छ । 

कुमार कट्टेलले निर्देशन गरेको सिनेमामा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘फेरि रेशम फिलिली’ले काठमाडौंमा क्यूएफएक्समा २५ शो पाएको छ । आईएनआईमा १३ शो पाएको छ । वान सिनेमाजमा ८ शो पाएको छ । 

‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् । यसमा विनय श्रेष्ठ र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन् ।

‘मायावी’ले काठमाडौंमा क्यूएफएक्समा २० शो पाएको छ । आईएनआईमा १० शो पाएको छ । वान सिनेमाजमा ६ शो पाएको छ । 

‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । यसमा पल शाह र दिपीका प्रसाईं मुख्य भूमिकामा छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्