सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ - स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ ११:२२
प्रतिक्रिया दिनुहोस्