Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसपीको कमान्डमा ३५ सय प्रहरी खटाइयो, प्रहरीले शिवरात्रीमा के–के गर्दैछ?

मंगलबार, फागुन १३, २०८१

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंका उपरिक्षक (एसपी) अपिलराज बोहराको कमान्डमा शिवरात्री विशेष सुरक्षा रणनीति लागू गरिएको छ। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा रणनीतिअनुसार एसपीको कमान्ड तय गरेको छ भने सादा पोशाकका प्रहरीदेखि क्यामेराम्यानसम्म खटाइने भएको हो।

शिवरात्रिमा आउने भक्तजन तथा दर्शनार्थीहरूको घुँइचो हुनसक्ने आपराधिक घटनालाई लक्षित गरेर सुरक्षा योजना बनाएर लागू गरिएको छ जहाँ ३५ सय ११ जना खटिनेछन्।

कमाण्डमा पोस्टमा परिसरबाट ३१ पुरुष र रानिपोखरीबाट १० महिला गरी ४१ जना प्रहरी रहेनछन् । सब कमाण्ड पोस्टमा भने १३३ जना प्रहरी रहनेछन्।

पशुपति क्षेत्रको सुरक्षाका लागि तीन सिफ्टमा प्रहरी परिचालन हुने भएका छन्। एक सिफ्टमा १ हजार २४ प्रहरी परिचालन हुनेछन्। प्रत्येक ८ घन्टामा सिफ्ट परिवर्तन हुनेछ। 

कमाण्ड पोस्टमा ४१, सब कमाण्ड पोस्टमा १३३, सादा पोशाक ४०, फोटो ग्राफर ६, सञ्चारका १०, रिजर्भ फोर्स १३५, स्ट्राइकिङ १३५, मोबाइल गस्ती १४ र १ हजार २४ का दरले तीन सिफ्ट मागरेर ३ हजार ७२ गरी कुल ३ हजार ५११ प्रहरी परिचालन हुनेछन्।

यता, शिवरात्रिको भिडभाड मौकामा चोरी तथा लुटपाट हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा योजना बनाएको छ। त्यसका लागि सादा पोशाकका प्रहरीको परिचालन गरिने एसपी बोहोराले बताए।

यता शिवरात्रीको प्रसाद भनी गाँजाको किनबेचलाई पनि प्रहरीले निगरानी गर्नेछ। 

‘गाँजा किनबेचलाई हामीले रोकका छौं । गाँजा खाएर हो–हल्ला गर्ने र अवैध गतिवधि गर्नेहरूलाई कारबाही गर्छौं,’ प्रहरी अधिकारी भन्छन्।
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्