Nic Ad Nic Ad
Nic Ad Nic Ad

छात्रवृत्तिमा आवेदन दिनेको संख्या नपुगेपछि प्रधानमन्त्रीले निकाले सूचना

मंगलबार, फागुन १३, २०८१

काठमाडौं– शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विभिन्न विषयका लागि खुलाइएको छात्रवृत्तिको लागि आवेदन दिनेहरूको संख्या नै पुगेन ।

त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीले आवेदकको संख्या नपुगेको भन्दै विद्यार्थीहरूसँग सामाजिक सञ्जालमा आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले फेसबुकमार्फत् खाली सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन आग्रह गरेका छन् ।

शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएको थियो । अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको मन्त्रालयले जनाएको छ ।

ली रहेका सिटमा छात्रवृत्तिको लागि एकदुई दिनभित्रै आवेदन दिन पनि प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्