गाउँगाउँमा सिंह गयो दरबार गएन, ओली सरकारबाट जनताको कहिल्यै भलो भएनस् सांसद शाही
काठमाडौं - राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारले स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत नपठाएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मि समयमा बोल्दै सांसद शाहीले वर्तमान सरकारले स्थानीय तहमा कर्मचारी नपठाउँदा कर्मचारीको तलव रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘गाउँगाउँमा सिंह गयो दरबार गएन ओली सरकारबाट जनताको कहिल्यै पनि भलो भएन । आज काठमाडौं महानगरपािलका सहित देशका धेरै स्थानीइ तहमा प्रमुख प्रकाशकीय अधिकृत छैनन् । ती ठाउँका शिक्षक कर्मचारी सबैको तलव रोकिएको छ । काठमाडौं महानगरका सरसफाइ गर्ने कर्मचारीले समेत तलव पाएका छैनन् । यो ओली सरकारलाई त्यसको पाप लाग्ला । शिक्षक र स्वास्थ्यकर्मीले तलव पाएका छैनन् । हाम्रो जुम्लामा पनि त्यही हालत छ’उनले भने ।
सांसद शाहीले देशभर ८३ हजार भन्दा धेरै कर्मचारी हुँदा पनि सेवा ठप्प भएको भन्दै यसतै भइरहे अबदेखि स्थानीय तहको चुनाव नै नगराउन सरकारलाई चुनौती दिएका छन् ।
‘८३ हजार भन्दा धेरै निजामति कर्मचारी नेताको चाकडी गर्न र उनीहरुको घर दैलोमा पुग्न नियुक्ति गरिएको हो रु । यदि त्यस्तो हो भने अव चुनाव नगराऔं । आफ्ना आसेपासे नेता कार्यकर्तालाई टिका लगाएर घोषणा गर्दिऔं । देशभरको हालत खराब भएको छ । प्रमुख प्रशासकिय अधिकृत रोकेर काम ठप्प पारिएको छ । यदि यस्तै गर्ने हो भने स्थानीय तहको चुनाव नगराए पनि हुन्छ’ उनले भने ।