केपी ओली गणतन्त्रलाई उल्टाउने तर्फ लागेको प्रचण्डको दाबी
विराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कहिल्यै गणतन्त्रको पक्षमा नरहेको दाबी गरेका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानको दोस्रो दिन मोरङको कानेपोखरी गाउँपालिका– ६ रमाइलोमा आयोजित कार्यक्रममा उनले ओली गणतन्त्र उल्टाउने पक्षमा लागेको आरोप लगाए ।
‘तपाई हामीलाई थाहा छ नि केपी जी त नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु एउटै हो भन्ने नेता हो,’ उनले भने,‘उहाँ कहिल्यै गणतन्त्रवादी होइन ।’
तर माओवादी केन्द्रले आन्दोलनमो आधीहुरी ल्याएपछि मात्रै गणतन्त्र स्वीकार गर्न बाध्य भएको बताए। ‘ओलीले गणतन्त्रलाई मान्दिएको मात्रै हो,’ उनले भने,‘ माओवादी अलिक कमजोर भएको देखेपछि उहाँहरु कहिले संविधान संशोधनको नाममा कहिले, संसद विघटनको तरिकाबाट कहिले कुनै तरिकाबाट यसलाई उल्टाउने दुस्साहस गरिनै रहनुभएको छ ।’
केपी ओली गणतन्त्रलाई उल्टाउने तर्फ लागेको दाबी गर्दै उनले भने,‘उहाँहरुलाई लाग्छ संविधानको पाना जहाँ पल्टाए पनि माओवादी छ ।’