सवारी दुर्घटनामा परी घाइते भएकालाई निःशुल्क उपचार गर्न सांसद खतिवडाको माग
काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौंबाट ओखलढुंगा जाने क्रममा मंगलवार बिहान भएको बस दुर्घनामा परि १७ जना भाइते भएको बताए। उनले घाइते भएकाहरूको खर्चको अभावमा उपचार गर्न कठिनाइ भइरहेको बताए। उनले सडक दुर्घटनामा परी घाइते भएका सबै बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरे।
उनले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा ज्येष्ठ नागरिकलाई समस्या भएको बताए।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ १४:२३
प्रतिक्रिया दिनुहोस्