दुई समूहकाे झडपले नवलपरासी पश्चिममा तनाव, प्रहरीद्वारा हवाई फायर
नवलपरासी । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको छ ।
आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो (सोमबार) बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो । सोही विषयलाई लिएर आज तनाव बढेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ १४:३१
प्रतिक्रिया दिनुहोस्