सरकारले बलमिच्याइँ गर्न खोज्यो : सांसद शर्मा
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले बलमिच्याइँ गर्न खोजेको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो आरोप लगाएकी हुन्। उनले संसदीय समितिबाट पारित भएको विधेयक समेत मन्त्रीले संशोधन गरेको आरोप लगाइन्। उनले सरकारले संसद्मा विचाराधीन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरूमा समितिको बैठक राख्ने गरेको बताइन्।
उनले संसद्मा प्रतिपक्षी दलका नेताहरूले सोधेको प्रश्नको जवाफ समेत सरकारले नभई सत्तारुढ दलका सांसदहरूले दिने गरेको आरोप लगाएकी छन्।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ १५:०१
प्रतिक्रिया दिनुहोस्