Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाथीभरा केबलकारमा सरकारमा रहेकाहरूको लगानी रहेको प्रचण्डको आरोप, 'खबरदार, बल प्रयोग नगर्नू!'

मंगलबार, फागुन १३, २०८१

काठमाडौं– मुख्य विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबलकारमा सरकार सञ्चालकको लगानी रहेको आरोप लगाएका छन्।

मोरङको रमाइलोमा अभियानका क्रममा सम्बोधन गरेका प्रचण्डले मंगलबार भने,‘नो केबलकारको आन्दोलन दबाउने कोशिश नगरियोस्। खबरदार बल प्रयोग नगर्नू।’

उनले सरकारले पाथीभरा केबुलकार विवादमा बल प्रयोग भए आन्दोलनकारीको पक्षमा उभिने चेतावनी दिएका छन्।

मुक्मुलुङको मुद्दा सांस्कृतिक, भावनात्मक र ऐतिहासिक मुद्दा रहेको बताएका प्रचण्डले भने,‘यसलाई बल प्रयोग गरेर हल गर्ने दुस्साहस सरकारले नगरोस्। यदि बल प्रयोग गरेर पहिचानको मुद्दालाई हल गर्न खोजियो भने दुर्भाग्य हुन्छ।’

यसलाई संवाद र समझदारीको माध्यमबाट, हामीले सबैलाई मान्न हुने बाटो खोज्नुपर्छ भन्दै प्रचण्ड थप्छन्,‘झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर, विचरा प्रहरी नचाहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने थुप्रै प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ।’
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्