सहकारीको समस्याले नेपाल ग्रे लिस्टमा : सांसद जबरा
काठमाडौँ- नेपाली काँग्रेसका सांसद डा.उदय समशेर जबराले सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा परेको दावी गरेका छन्।
मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो दावी गरेका हुन्। उनले फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारी रहेको जिकिर गरे।
उनले सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको स्रोत नखोजिने कारण पनि यी समस्या बढेको बताए।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ १५:२०
प्रतिक्रिया दिनुहोस्