Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेन–रसिया युद्धबारे राष्ट्र संघको प्रस्तावमा नेपाल तटस्थ, बहुमत सदस्य पक्षमा

अमेरिकाले आश्चर्यजनक निर्णय गर्दै रुसको पक्षमा मत जाहेर गरेको छ
मंगलबार, फागुन १३, २०८१

काठमाडौं– संयुक्त राष्ट्रसंघ महासभाले रूसको आक्रमणको निन्दा गर्दै र रूसी सेना तुरुन्त फिर्ता बोलाउन आग्रह गर्ने युक्रेनी प्रस्ताव पारित गरेको छ। 
यो प्रस्ताव युरोपेली राष्ट्रहरूले समर्थन गरेका थिए।

मतदानमा ९३ देशले समर्थन, १८ देशले विरोध गरेका थिए। 

६५ देशले तटस्थता (भाग नलिने) जनाए। 

आश्चर्यजनक रूपमा, संयुक्त राज्य अमेरिका, रूस, चीन, उत्तर कोरिया लगायतका १८ राष्ट्रले प्रस्तावको विरोध गरे।

यस प्रस्तावले कानुनी बाध्यता नराखे पनि, यो अन्तर्राष्ट्रिय समुदायको चाहनाको प्रतिनिधित्व गर्ने माध्यमका रूपमा हेरिएको छ।

समर्थन गर्नेमा अफगानिस्तान, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, भारत, जापान, बेलायत, युक्रेन लगायत देशहरू छन्।

रूसको समर्थन गर्दै अमेरिका, उत्तर कोरिया, चीन, बेलारुस लगायत देशहरूले विरोध गरे।

पाकिस्तान, साउदी अरब, दक्षिण अफ्रिका, सिंगापुर, थाइल्यान्ड, स्वीट्जरल्यान्ड लगायत ६५ राष्ट्रले मतदानबाट तटस्थ रहे। नेपालले पनि तटस्थतामा नै आफ्नो मत कायम राख्यो।

संयुक्त राष्ट्रसंघको महासभामा पारित प्रस्तावहरू कानुनी रूपमा बाध्यकारी नहुने भए पनि यसले विश्वव्यापी कूटनीतिक प्रभाव पार्ने अपेक्षा गरिएको अल जजिराले जनाएको छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्