Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीको गाडी समेत जलाइएको नवलपरासी घटनाको मुख्य कारण प्रेम सम्बन्ध, कति घाइते भए?

मंगलबार, फागुन १३, २०८१

काठमाडौं– दुई जनाको प्रेम सम्बन्ध र बिहेका कारण नवलपरासी पश्चिममा प्रहरीको गाडी समेत जलाइनेगरी मंगलबार ठूलो झडप, आगजनी र क्षति भयो।

विवादमा झडप हुँदा नवलपरासीमा २० जना घाइते भए जहाँ एकको अवस्था गम्भीर छ। 

पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुरमा मंगलबार प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षबीच झडप भएको थियो। 

आगजनीबाट केटी पक्षका आफन्तको घरमा समेत क्षति पुगेको छ। केटा र केटी पक्षको घर सोही वडाको छोट्की कुस्मा गाउँमा छ। 

केटी पक्षका हजुरबुवा नाता पर्ने मोहरम पवरिया(मुसलमान) को घर भने बेलासपुरमा छ। 

केटा पक्षबाट आएका गाउँलेको समूहले मोहरमको बेलासपुरमा रहेको कवार्ड गोदाममा आगजनी गरेका हुन्। 

धोवी थर भएका केटासँग भएको प्रेम सम्बन्धको विषयलाई लिएर विवाद भएको हो। केटा र केटीको उमेर २० वर्षको हाराहारीमा रहेको स्थानीयले बताएका छन्। 

police-1-1740477685.jpg
सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितको समूहले कुटपिट गरेपछि विवादले उग्ररुप लिएको स्थानीयले बताएका छन्। 

गाडीको ठक्करबाट दुईजना घाइते भएका छन्। घाइतेमध्ये केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक रहेको छ। केटापक्षकै ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थिति नियन्त्रण लिन ५ राउण्ड अश्रु ग्याँस र ३ राउण्ड हवाई फायर गरेको थियो।

घाइते हुने अन्यमा इन्स्पेक्टरसहित ११ जना नेपाल प्रहरी र चारजना सशस्त्र प्रहरीका रहेका छन्। टाउको र छातिमा चोट लागेका उनीहरूको अवस्था सामान्य अवस्था रहेको छ। उनीहरूको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

झडप नहुनेगरी यो प्रकरण तीन महिनाअघि जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गरेर टुङ्गो लगाइएको थियो। तर एकाएक हातपात र कुटपिटपछि केही समयमा नै ठूलो क्षति हुनेगरी झडप भयो। 
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्