Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामान्य अंकले बढ्यो नेप्से

मंगलबार, फागुन १३, २०८१

काठमाडौं–आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अंकले बढेको छ । नेप्सेको परिसूचक २७८१ विन्दुमा पुगे पनि बजार बन्द हुँदा भने २७६५.८८ विन्दु मात्र कायम भएको छ । २ बजेसम्म उच्च विन्दुमा पुगेको बजार त्यसपछि भने तल झरेको छ । 

कारोबारमा भने गिरावट आएको छ । सोमबारको तुलनामा करिब २ अर्बले कारोबार घटेको छ।  

९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयर मात्र कारोबार भएको छ । १०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। ३१२ वटा कम्पनी कारोबारमा आउँदा ९७ हजार ५६२ पटक शेयर किनबेच भएको छ । 

१३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने बाँकी ६ वटा समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह २.९० प्रतिशतले बढेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०२ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी ट्रेडिङ समूह २.५१ प्रतिशतले घटेको छ भने सबैभन्दा कम हाइड्रोपावर समूह ०.०० प्रतिशत अर्थात् ०.०६ अंकले घटेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्