रास्वपा सांसद ढकालको खबरदारी- ०८४ मा बहुमत पुर्याउँछौँ
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले वर्तमान सरकार भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाउँदै संसदमा रास्वपाले बहुमत पुर्याएको दिन अकुत सम्पत्ति आर्जन गरेकाहरुको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा उनले एकजनालाई छेकेर भ्रष्टाचारविरुद्ध रास्वपाको अभियान नरोकिने खबरदारीसमेत गरेका छन्।
पार्टीले संसदमा बहुमत पुर्याएको दिन अकुत कमाएर सम्पत्तिको मादकतामा मस्त रमाएर बेहोस भएकाहरुलाई ब्युँझाउने उनले बताए।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ १७:२५
प्रतिक्रिया दिनुहोस्