नेभिगेशन
समाज विविध

ताप्लेजुङमा हटाइयो निषेधाज्ञा

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ सदरमुकाम फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हटाएको छ।

जिल्ला सुरक्षा समितिको आज (मंगलबार) बसेको बैठकले राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साँझ एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाइएको उल्लेख गरेका छन् ।

‘नो केबलकार’ पक्षधरले मंगलबार दिउँसो वार्ताका लागि विभिन्न चार शर्त अघि सार्दै पूरा भए मात्र वार्तामा बस्ने बताएका थिए । सोही शर्तमा उल्लेख भएअनुसार प्रशासनले निषेधाज्ञा तत्काल फिर्ता लिएको हो । ‘नो केबलकार’ पक्षधरले आन्दोलन तीब्र बनाएपछि ताप्लेजुङ प्रशासनले गत आइतबार बिहान ५ बजेदेखि लागु हुनेगरी फुङलिङ क्षेत्रमा निषेधाज्ञा लागु गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता