भारतीय सेनाका ६ पूर्वस्थल सेनाध्यक्ष काठमाडौंमा
काठमाडौं- भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष काठमाडौं आइपुगेका छन् ।
नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनीहरू मंगलबार काठमाडौं आएका हुन् ।
नेपाल आएका भारतका ६ पूर्वस्थल सेनाध्यक्षमा जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, दलवीर सिंह सुहाग, मनोज मुकुन्द नरवणे र मनोज पाण्डे छन् । उनीहरूलाई विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गराउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१ २०:५९
प्रतिक्रिया दिनुहोस्