Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल र म्यानमारको खेल सुरु हुनु २ घन्टाअघि रंगशाला प्रवेश गर्न दर्शकलाई एन्फाको आग्रह

मंगलबार, फागुन १३, २०८१

काठमाडौ -काठमाडौंमा जारी चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलका लागि खेल सुरु हुनु २ घन्टाअघि रंगशाला प्रवेश गर्न आग्रह गरेको छ ।

प्रतियोगिताको फाइनलमा बुधबार नेपाल र म्यानमार खेल्दै छन् । यसअघि साधारणतर्फ ५०० र भीआईपीतर्फ १००० रुपैयाँ तोकिएको थियो । फाइनलका लागि भने साधारणतर्फ १००० र भीआईपीतर्फ २००० रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

एन्फा महासचिव किरण राईले फाइनल खेलको टिकट मूल्य पहिले नै १ हजार र २ हजार तोकिएको बताए । ‘नेपाल फाइनल पुगेमा टिकट मूल्य १ हजार र २ हजार राख्ने भनेर पहिल्यै तोकिएको थियो, त्यही अनुसार भएको हो’ महासचिव राईले  भने, ‘तर ब्राण्ड लजिकसँग सम्झाैता अनुसार उनीहरुले पाउने ५०० र १००० मात्र हो । आधा रकम फुटबल विकासका लागि एन्फालाई दिने सहमति भएको छ।’

फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता भइरहेको छ । नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।

रंगशालामा नेपालको खेल हेर्न पहिलो दिन ७ हजार हाराहारीमा दर्शक आएका थिए भने दोस्रो खेलमा ११ हजार र तेस्रो दिन १२ हजारभन्दा बढी दर्शक उपस्थित थिए ।

फाइनल खेलमा यस्तै संख्यामा दर्शकको उपस्थिति हुने अनुमान छ  ।

FB_IMG_1740497870855-1740498422.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्