एकै दिन तीनवटा चलचित्र रिलिज, अग्रिम बुकिङमा ‘लाज शरणम्’ अगाडि
काठमाडौं - शिवरात्रिको बिदाको अवसर पारेर आज तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ आजबाट प्रदर्शनमा आएका हुन् ।
चलचित्र ‘लाज शरणम्’ लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र हो । यसमा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् । यसमा विनय श्रेष्ठ र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन् ।
‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । यसमा पल शाह र दिपीका प्रसाईं मुख्य भूमिकामा छन् ।
यी तीन चलचित्रमध्ये ‘लाज शरणम्’ले सबैभन्दा धेरै शो पाएको छ । अग्रिम बुकिङमा पनि अरुभन्दा ‘लाज शरणम्’ अगाडि देखिएको छ । यसले बक्सअफिस कलेक्सन राम्रो गर्ने संकेत गरेको छ ।
N
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ ०७:४३
प्रतिक्रिया दिनुहोस्