नेभिगेशन
सुरक्षा–अपराध

आफूलाई ‘हेपेको’ भन्दै बुढाद्वारा खुकुरी प्रहार गरी पत्नीको हत्या

दाङ– आफूलाई हेपेको भन्दै रोल्पा त्रिवेणी–६ थुम्काटोलका खिमबहादुर बुढाले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन्।

दुई छोरा र एक छोरीको आमा रहेकी ३२ वर्षीय पत्नीको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

मलेसियामा काम गरेर फर्केका खिमबहादुरले मङ्गलवार बिहानै घरमै तरकारी बनाउँदै गरेकी पत्नी अस्मिता बुढालाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरी र स्थानीयवासीले जनाएका छन्।

खिमबहादुरले बिहानै मदिरा सेवन गरेका खिमबहादुरले आफूलाई पत्नीले पटक पटक हेपेर बोलेको, भनेको नमानेका कारण आवेश आएर हत्या गरेको प्रहरी र स्थानीयलाई बताएका छन्।

वडाध्यक्ष नरेन्द्र भण्डारीले खिमबहादुरले पत्नीको हत्या गर्ने समयमा ४ कक्षामा पढ्ने माइलो छोरासँगै बसेर तरकारी बनाइरहेकी थिइन् भने १४ महिनाको छोरी काखमा बोकेकी थिइन्। ८ कक्षामा पढ्ने जेठो छोरा भने घरको काममा बारीमा गएका थिए।

विदेश गएर फर्के पनि खिमबहादुर गाउँमै खेती किसानी गरेर बसेका थिए। उनलाई मानसिक समस्या पनि केही हुनसक्ने भण्डारीको अनुमान छ।
पत्नी हत्यामा संलग्न भएको आरोपमा खिमबहादुरलाई पक्राउ गरिएको छ। मृतकको घाँटीमा खुकुरी प्रहार गरिएको थियो।

खिमबहादुरको परिवार केही वर्ष अघि माडी र सुकीदह–गंगादेवको सिमानामा पर्ने ओतगाउँबाट बसाइँसराइ गरेर त्यहाँ आएको स्थानीयले जनाएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ