नेभिगेशन
राजनीति

प्रचण्ड दरबारसँग मिल्न चहान्थे, बाबुरामलाई किन घेराबन्दीमा राखिएको थियो?

२००१ मा नारायणहिटी दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र सत्तामा आए अनि माओवादीले उनलाई वार्ताका लागि आग्रह गरेका थिए

काठमाडौं– अन्तिम राजा ज्ञानेन्द्र शाहको पछिल्लो वक्तव्यले एउटा बहस छेडेको थियो।

कुनै अन्तरवार्तामा राजालाई स्वीकार गर्न सकिने बताएका माओवादीका पूर्वउपाध्यक्ष तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले टिप्पणी गरेपछि यो बहसका रुपमा सतहमा आयो। 

माओवादी केन्द्रका सांसदले प्रतिनिधि सभामा पनि यो विषयलाई उठान गरी अन्तिम राजा ज्ञानेन्द्रलाई ‘राजनीति गर्ने भए दल खोलेर आउन’ भनेका थिए। 

खासगरी पूर्वसञ्चारमन्त्री रेखा शर्माले सदनमा यस्तो अभिव्यक्ति दिइन्। 

यसबाहेक एमाले सांसद रघुजी पन्तले पनि ज्ञानेन्द्रलक्षित नकारात्मक टिप्पणी गरेका थिए। यसको अर्थ, ज्ञानेन्द्रको एक वक्तव्यले गणतन्त्रवादी नेता ‘तिलमिलाएको’ चर्चा पनि भयो। 

यहि मेसोमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादीले दरबारसँग सहकार्य गर्न प्रस्ताव गरेको तर्क अगाडि सारेका थिए। उनी त्यसबेला सरकारका गृहमन्त्री समेत रहेका थिए। 

आखिर माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड के चहान्थे? डा. बाबुराम भट्टराईलाई युद्धकालमा घेराबन्दीमा पारिनुको कारण दरबारसँग जोडिएको थियो कि थिएन?

माओवादी आन्दोलनका कतिपय जानकारले प्रचण्ड दरबारसँग मिलेर सात दललाई पाखा लगाउन चहान्थे तर बाबुराम भट्टराई भने त्यसको बिरोधी थिए। यसैकारण पनि उनलाई घेराबन्दी गरिएको बताइन्छ। 

यद्यपि अन्य विविध कारण रहेको दस्ताबेजहरूमा भेटिन्छन्। 

सन् २००४–०५ तिर बाबुराम भट्टराई, उनकी पत्नी हिसिला यमी, र नेता दिवाकर गौतमलाई पार्टीभित्रै घेराबन्दीमा राखिएको थियो।
उनीहरूमाथि पार्टीभित्र ‘विभाजनकारी गतिविधि’ गरेको आरोप लगाइएको थियो।

केही रिपोर्टअनुसार, बाबुराम भट्टराईलाई केही समय घरमै ‘नजरबन्द’ जस्तै गरी राखिएको थियो।

पछि अन्तर्राष्ट्रिय दबाब र पार्टीभित्रै असन्तोष बढेपछि प्रचण्डले उनलाई पुनः नेताका रूपमा स्वीकारे।

माओवादी र दरबार (राजसंस्था) बीचको सम्बन्ध नेपालमा दशकौंसम्म विवादास्पद रह्यो। विशेष गरी माओवादी जनयुद्ध (१९९६–२००६) को अवधिमा, दुबै पक्ष एकअर्काका विरोधी थिए। तथापि, विभिन्न चरणमा गुप्त वार्ता तथा संवाद भएका रिपोर्टहरू सार्वजनिक भएका थिए। 

माओवादी र तत्कालीन राजा वीरेन्द्रबीच अप्रत्यक्ष संवाद भएको भन्ने चर्चा थियो, तर यसबारे स्पष्ट प्रमाण छैन। यो सन् २००१–०२ तिर आएको खबर थियो।

२००१ मा नारायणहिटी दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र सत्तामा आए अनि माओवादीले उनलाई वार्ताका लागि आग्रह गरेका थिए।

२००२ मा तत्कालिन राजा ज्ञानेन्द्र र माओवादीबीच अनौपचारिक सम्पर्क भएको केही रिपोर्टहरू आएका थिए।

तत्कालीन राजा ज्ञानेन्द्रले २००५ मा शासन आफ्नो हातमा लिएपछि, माओवादी र दरबारबीच गुप्त संवाद भएको बताइन्छ।

माओवादीले दरबारसँग सहकार्य गरेर सत्ता सहमतिमा जान सक्ने वा प्रत्यक्ष रूपमा गणतन्त्रको एजेन्डा अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो।

ज्ञानेन्द्रसँग सहमति खोज्नुभन्दा, माओवादीले सात राजनीतिक दलहरूसँग सहकार्य गरी १२ बुँदे सम्झौताका लागि भारतको मध्यस्तता रोजेका थिए।

तर कतै न कतै माओवादी राजसंस्थालाई स्पेश दिने विषयमा सकारात्मक रहेको टिप्पणी कतिपय नेताले गर्दै आएका छन्। प्रचण्ड स्वयम्ले पनि संविधानसभाको पहिलो निर्वाचनपछि ‘आलङ्कारिक राजा’ राख्न सकिने बताएका थिए। 

त्यसअघि जनआन्दोलन सफल हुनासाथ तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’ राख्न सकिने बताएका थिए। यसले दरबारसँग सात दल र माओवादीका कहिँ न कहिँ कुनै प्रकारको वार्ता भएको संकेत गरेकै थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति