नेभिगेशन
मनोरञ्जन

फिल्म ‘माग्ने राजा’ फ्लोरमा, केदार घिमिरे मुख्य कलाकार

काठमाडौं– नेपाली फिल्म ‘माग्ने राजा’ शुभ मुर्हत गरी बुधबारदेखि सुटिङ फ्लोरमा गएको छ। 

लेखक सामिप्यराज तिमल्सिनाका अनुसार माग्ने राजाको सूर्य विनायकमा पूजा गरी आजैबाट काभ्रेको बल्थलीबाट सुटिंग सुरु भएको छ। 

एउटा गरिबको धनि बन्ने महत्वकांक्षा लाई समेटेर लेखिएको कथामा आधारिक फिल्मको निर्देशन ऋषि लामिछानेले गरेका छन्। 

मुनाल घिमिरेको निर्माण रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहेको छ। यसको मुख्य कलाकार माग्ने बुढा उर्फ केदार घिमिरे हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन