प्रधानमन्त्री ओलीबाट महाशिवरात्रिको शुभकामना
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमा महाशिवरात्रि पर्व को शुभकामना व्यक्त गरेका छन् ।
आफूले मंगलबार पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्– ‘महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !!’
महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ १०:१२
प्रतिक्रिया दिनुहोस्