Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

बुधबार, फागुन १४, २०८१

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ राष्ट्रिय महाधिवेशन यही फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ ।

महाधिवेशनमा देशभरका दुई हजार पाँच सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुनेछन्। 

महाधिवेशनले संगठनको विधानसहित नयाँ नेतृत्व चयन गर्ने नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । उनले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं  समसामयिक विषयमा छलफल हुने बताए। 

उनले भने, ‘राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीचको सहकार्य र समन्वयलाई अझ बलियो बनाउन महाधिवेशन केन्द्रित हुनेछ ।’

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्