नेभिगेशन
मनोरञ्जन

५० नजिक पुगेकी सुस्मिता सेन भन्छिन्– बिहे गर्न चहान्छु

काठमाडौं– बलिउड अभिनेत्री सुस्मिता सेनले ५० बर्षको उमेर नजिक पुगेपछि बिहे गर्ने इच्छा देखाएकी छन्।

सेनले हालै आफ्नो इन्स्टाग्राम लाइभ सत्र मार्फत प्रशंसक र अनुयायीहरूसँग अन्तरक्रिया गरिन्। यस क्रममा उनले विवाहको बारेमा आफ्नो विचार पनि साझा गरिन्। उनले आफूले विवाह गर्न चाहेको तर यसका लागि सही जीवनसाथी भेटाउन आवश्यक रहेको बताइन् ।

इन्स्टाग्राममा लाइभ सेसनको क्रममा, सुष्मिता सेनले जयपुरमा भएको एक विवाहमा आफू उपस्थित भएको बताएकी थिइन्। यसमा एक प्रयोगकर्ताले सुष्मितालाई उनको विवाहको बारेमा प्रश्न सोधे। 

जसको जवाफमा उनले भनिन्, ‘म पनि विवाह गर्न चाहन्छु। मलाई विवाहको लागि योग्य कोही खोज्नु पर्छ। विवाह यसरी हुँदैन। भनिन्छ, हृदयको सम्बन्ध धेरै रोमान्टिक तरिकाले हुन्छ। सन्देश हृदयसम्म पुग्नुपर्छ। त्यसपछि म पनि बिहे गर्छु।’

सुष्मिता सेनले मोडल रोहमन शललाई साढे दुई वर्षसम्म डेट गरिन्। दुई बिच १५ वर्षको फरक थियो। दुवै जना लिभ–इन रिलेसनशिपमा पनि थिए। रोहमनको सुष्मिताका दुवै छोरीहरू, रेनी र अलिसासँग पनि राम्रो सम्बन्ध छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन