Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डले भने- पूर्व राजालाई मैले कुनै महत्व दिएको छैन

बुधबार, फागुन १४, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै महत्व नदिएको बताएका छन् ।

विराटनगरमा बुधबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको विचारलाई आफूले कुनै महत्व नदिएको बताएका हुन् । उनले जनताको चेतना, आन्दोलन र परिस्थिति धेरै अगाडि बढिसकेको भन्दै उनले अब देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई कसैले बोल्न लगाएको हुनसक्ने बताउदै प्रचण्डले भने, ‘छैन, पूर्व राजालाई मैले कुनै महत्व दिएको पनि छैन, उनले बोले, मानिसहरुले प्रतिक्रिया दिइरहेका छन् । किनभने इतिहास अगाडि बढिसक्यो, जनताको चेतना, आन्दोलन, परिस्थिति अगाडि बढिसक्यो, कसैले बोल्न लगाएको होला, नजिक बसेर केही पाउँला भन्ने हिसाबले केही बोल्न लगाएका होलान् । त्यसको कुनै अर्थ छैन, यो देशमा फेरि राजतन्त्र फर्किने भन्ने कुरा सम्भव ।’

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्