Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीले भेटे केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीहरूसँग

बुधबार, फागुन १४, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच भेटघाट भएको छ । 

बुधबार प्रधानमन्त्री ओलीले तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकलाई भेट गरेका हुन् । भेटका अवसरमा केपी ओली कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लवका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुुई लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

भेटका अवसरमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पङ्कज राई, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा ११ फागुनदेखि सुरु भएको उक्त च्याम्पियनसिप २० फागुनमा समापन हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्