सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा ४६ को मृत्यु
कायरो- सुडानको ओमदुरमान शहरमा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।
सुडानका सेना र स्वास्थ्य अधिकारीहरूले उक्त जानकारी दिएका छन् । सेनाले एक विज्ञप्तिमार्फत ‘एन्टोनोभ’ विमान मंगलबार अबेर ओमदुरमानको उत्तरमा रहेको वादी सैयदना एयरबेसबाट उड्ने क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ ।
सेनाले उक्त दुर्घटनामा सैनिक र सर्वसाधारणको ज्यान गएको बताए पनि कति जनाको ज्यान गएको खुलासा गरेको छैन र दुर्घटनापश्चातका कुनै जानकारी दिएको छैन । स्वास्थ्य मन्त्रालयले कम्तीमा १९ जनाको मृत्यु भएको जनाएको छ।
उनीहरूको शव अहिले ओमदुरमानमा पठाइएको छ । दुई बालबालिकासहित पाँच घाइते सर्वसाधारणलाई अस्पताल भर्ना गरिएको छ । सेना र अर्धसैन्य समूह ‘र्यापिड सपोर्ट फोर्स’ बीच द्वन्द्व भएपछि सुडान २०२३ देखि गृहयुद्धमा फसेको छ ।
अलजजीराका अनुसार ग्रेटर खार्तुमको एक हिस्सा रहेको उत्तरी ओमदुरमानको वादी सैयदना सैन्य विमानस्थलबाट उड्ने क्रममा एन्टोनोभ विमान मंगलबार ढिलो दुर्घटना भएको थियो । दुर्घटनामा अन्य १० जना पनि घाइते भएको बुधबार जनाएको छ । स्वास्थ्य मन्त्रालयले ओमदुरमानको करारी जिल्लाको एउटा घरमा विमान खसेको भन्दै प्रारम्भिक मृत्यु हुनेको संख्या १९ रहेको बताएको थियो ।
मारिनेमा खार्तुमका वरिष्ठ कमाण्डर मेजर जनरल बहर अहमद पनि रहेको बताइएको छ । उत्तरी ओमदुरमानका बासिन्दाहरूले दुर्घटनाले शक्तिशाली विस्फोट भएको थियो । धेरै घरमा क्षति पुर्याएको र नजिकैका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको जानकारी दिए ।