Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला फुटबलको बढ्दो क्रेज : दर्शकले भरिभराउ रंगशाला

बुधबार, फागुन १४, २०८१

काठमाडौं - नेपाली महिला फुटबलले आकर्षक खेल खेल्दै मन जितेको धेरै भयो । तर, उपाधिको भोक अझै मेट्न पाएको छैन ।

बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिको खडेरी तोड्ने एउटा सुनौलो मौका मिलेको छ।

नेपाल र म्यानमारबीच अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खेल चलिरहेको छ । यो सुनौलो अवसरको साक्षी बन्न हजारौं दर्शक रंगशाला पुगेका छन् । १६ हजारभन्दा बढी दर्शकले रंगशाला भरिभराउ छ ।


   

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्