झापा– ११ भद्रपुर झापा गोल्डकपको फाइनलमा
झापा- झापा–११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापा–११ ले अब उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्ससँग शुक्रवार प्रतिस्पर्धा गर्नेछ।
भद्रपुरस्थित मेची रंगशालामा बुधबार भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछिको इन्ज्युरी समयमा झापा–११ ले ३–१ ले बाजी मारेको हो ।
झापाको जितमा एरोन थापा, रोहन कार्की र हरिबहादुर आले मगरले गोल गरे । भुटानका लागि सुरज रसाइलीले सान्त्वना गोल फर्काए । प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए । उनले नगद २१ हजार र ट्रफी पाए ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ १९:४०
प्रतिक्रिया दिनुहोस्