नेपाल १३ औं पटक फाइनलमा पराजित, म्यानमार च्याम्पियन
काठमाडौं - नेपाल लगातार १३ पटक फाइनलमा स्थान बनाएर पनि उपाधि विहिन भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा घरेलु टोली नेपाललाई फाइनलमा २-० ले पराजित गर्दै म्यानमार च्याम्पियन भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा २ गोल भएको थियो ।
यस अघि समूह चरणको भेटमा दुई टिमले २-२ को बराबरी खेलेका थिए । त्यस अघि नेपालले किर्गिस्तान र लेबनानलाई समान १-० ले हराएको थियो । म्यानमारले लेबनानलाई ३-१ र किर्गिस्तानले ५-० ले हराउदै समूह विजेता बन्दै फाइनलमा स्थान बनाएको थियो ।
खेलको ६२औँ मिनेटमा यु फर खिनले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएन् । लेफ्ट साइड बक्सभित्रबाट खिनले गरेको ‘चिप’ लाई नेपाली टिमकी गोलकिपर अन्जिला र डिफेन्डरले ठम्याउन सकेनन् ।
त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर बनायो । ६४औँ मिनेटमा म्यानमारकी विन थेइंगी तुङले गोल गर्दै म्यानमारले अग्रता दोब्बर बनाइन् । डिफेन्सले गल्ती गरेपछि पाएको बललाई तुङले प्राहर गरेकी थिइन्। तर गोलकिपर अन्जिलाले सो बललाई रोकेपछि गोल हुन् पुग्यो ।
थप गोल नहुँदा म्यानमार च्याम्पियन बनेको हो । त्यसअघि खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।