७ महिनामा साढे ११ करोड स्यानिटरी प्याड आयात
काठमाडौं- चालु आर्थिक वर्ष २०८१-८२ को ७ महिना अवधिमा ११ करोड ४५ लाख वटा स्यानिटरी प्याड आयात भएको छ ।
भन्सार विभागका अनुसार उक्त परिमाण बराबर प्याड आयात गर्दा ८० करोड ८१ लाख रुपैयाँ बिदेसिएको छ । सरकारले यस अवधिमा स्यानिटरी प्याडबाट मात्र १५ करोड २२ लाख रुपैयाँ बराबर राजस्व उठाएको छ ।
यस अवधिमा डाइपर आयातमा भने १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ बिदेसिएको छ । ७ महिनामा ९ करोड ५४ लाख ७२ हजार वटा डाइपर आयात भएको तथ्यांक छ ।
चालु आव ७ महिनामा नेपालले कुल ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जसमार्फत सरकारले २ खर्ब ६२ अर्ब ९५ करोड बराबर राजस्व उठाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ २०:०५
प्रतिक्रिया दिनुहोस्