Nic Ad Nic Ad
Nic Ad Nic Ad

आन्दोलन परिचालन तयारीका लागि एकीकृत समाजवादीले बनायो कार्यदल

बुधबार, फागुन १४, २०८१

काठमाडौं- नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलन गर्नका लागि विस्तृत कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाएको हो ।

कार्यदलमा मेटमणि चौधरी, रामकुमार भट्टराई, शेरबहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री सदस्य छन् । भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले घोषणा गरेको आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन आन्दोलनको कार्य योजना बनाउन जिम्मेवारी कार्यदललाई दिइएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्