महिला राष्ट्रिय टोलीलाई प्रधानमन्त्री ओलीको ढाडस- हेर्न जान पाइँन, भविष्यमा हामी जित्नेछौँ
काठमाडौ - नेपाली महिला फुटबल टिमले अर्को फाइनल खेल हारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सान्त्वना दिएका छन् ।
म्यान्मारविरुद्धको अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा २-० ले हार बेहोरेपछि प्रधानमन्त्री ओलीले कार्यव्यस्तताले सहभागी हुन नसकेपछि छोरीहरुको खेल राम्रो भएको भन्दै सान्त्वना दिएका हुन् ।
बुधवार साँझ खेल सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमा एक स्टाटस राख्दै उनले भनेका छन्- 'कार्यव्यस्तताले आज नेपाल र म्यानमार बिच भइरहेको खेल हेर्न जान पाएको थिइनँ । केही समय मात्र प्रत्यक्ष प्रसारण हेर्न पाएँ । छोरीहरूको खेल राम्रो थियो । भविष्यमा हामी जित्ने नै छौं ।'
नेपाली राष्ट्रिय महिला टिमले पछिल्लो १५ बर्षमा फाइनलमा हार बेहोरेको यो १३औं पटक हो ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ २०:४४
प्रतिक्रिया दिनुहोस्