Nic Ad Nic Ad
Nic Ad Nic Ad

हमासले चार शव बुझाएसँगै पहिलो चरणको बन्दी हस्तान्तरण सकियो

बिहीबार, फागुन १५, २०८१

अफगानिस्तान – हमासले चार बन्दीको शव इजरायललाई हस्तान्तरण गरेको छ। रेडक्रसमार्फत् इजरायललाई हमासले चार शव बुझाएको हो।

चार शवका बारे इजरायलले यकिन गर्न बाँकी छ। इजरायलले ८६ वर्षीय सोलामो मन्सुर, ५० वर्षीय योहाम यामालोमी, ५० वर्षीय तासी इदान तथा ६९ वर्षीय इद्जिक इजग्राटको शव बुझाएको दाबी गरेको छ। यी चार जना नै ७ अक्टोबर २०२३ का दिन बन्दी बनाइएका थिए।

अहिलेसम्म ३३ जना बन्दी हमासले रिहा गरी सकेको छ। यी मध्य आठ जनाको शव तथा अन्य जीवित रहेको जनाइएको छ।

शनिबार सकिने भनिएको पहिलो चरणको युद्ध विराम अन्तरगत इजरायललेसमेत ६ सय जना बन्दी छानेक्रम जारी छ। यो ६ सयसँगै इजरायलले जेलमा रहेका १९ सय बन्दी प्यालेस्टाइनीलाई छाडेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार