च्याम्पियन्स ट्रफीमा आज बंगलादेश र पाकिस्तान खेल्दै
काठमाडौँ - जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बंगलादेश र पाकिस्तानबीच खेल हुदै छ ।
पाकिस्तानको रावलपिन्डीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ ।
समुह ए मा रहेका बंगलादेश र पाकिस्तान जारी प्रतियोगितामा सेमिफाइनलको दौडबाट बाहिर भइसकेकाले यस खेलको नतिजाले कुनै फरक भने पर्ने छैन । तर दुवै देश प्रतियोगितामा आफ्नो पहिलो जित हासिल गर्ने उद्धेश्यले आज मैदानमा उत्रिने छन् ।
बंगलादेश र पाकिस्तान आफ्ना दुवै खेलमा भारत र न्यूजील्याण्डसँग पराजित भएका हुन् । समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।
बंगलादेश र पाकिस्तानबीच एकदिवसीय खेलमा हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म ३९ खेल भएका छन् । जसमा पाकिस्तानले ३४ खेल जितेको छ भने बंगलादेशले ५ खेल जितेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ १०:०९
प्रतिक्रिया दिनुहोस्