प्रियंका कार्कीको ‘सादा तस्बिर’ राखेर आयुष्मानले सम्झाए ५ बर्षअघिको वाचा बन्धन
काठमाडौं– अभिनेता समेत रहेका अभिनेत्री प्रियंका कार्कीका पति आयुष्मान देशराज जोशीले ५ बर्षअघि गरेको वाचा बन्धन स्मरण गराएका छन्।
कार्कीको जन्मोत्सवमा शुभकामना सन्देश लेख्दै सामाजिक सञ्जालमार्फत आयुष्मानले यसरी ५ बर्षअघिको वाचा बन्धन सम्झिँदै सम्झाएका पनि हुन्।
उनी लेख्छन्,‘जन्मदिनको शुभकामना मेरी श्रीमती। म तिमीलाई ५ वर्षअघि हामीले बाँडेका वाचाहरूको पनि सम्झना गराउन चाहन्छु, जीवनले प्रदान गर्ने सबै कुरामा सधैं एकअर्कालाई माया गर्ने। म अझै पनि विश्वास गर्छु कि सबैभन्दा भाग्यमानी हुँ र सधैं यो सत्य हो भनेर जान्नेछु। तिमी मेरो सबैभन्दा प्यारी हौ। म तिमीलाई माया गर्छु, सधैंभरि र त्यसपछिसम्म।’
जन्मदिनको अवसर पारेर लेखेको सन्देशमा आयुष्मान प्रियंकाको मनपर्ने सादा तस्बिर राखेर लेख्छन्,‘पुनश्चः यो तस्वीर सधैं तिम्रो मेरो सबैभन्दा मनपर्ने तस्वीर हुनेछ।’
एक समय रातो बंगलामा फरक–फरक कक्षामा पढेका प्रियंका र आयुष्मान ‘कथा काठमाडौं’का सेटबाट नजिकिएका थिए। त्यसयता दुवैले एक अर्काप्रतिको प्रेम खुल्लम खुल्ला अभिव्यक्त गर्दै आएका थिए।
प्रियंकाको आयुष्मानसँगको दोस्रो विवाह हो। झण्डै १५ वर्षअघि उनले अमेरिकामा रोचक मैनालीसँग विवाह गरेकी थिइन्।
अमेरिकामा पढ्न गएको बेला त्यही कम्प्युटर इन्जिनियरका रुपमा काम गरिरहेका मैनालीसँग सन् २०१० जुलाईमा भेट भएपछि विवाह भएको थियो। तर तीन वर्ष पछि प्रियंका र रोचकको डिभोर्स भएको थियो।
यसपछि आयुष्मानसँग प्रेममा रहेकी उनको बिहे भयो। वैवाहिक जीवन कुशल राखेका यी जोडीको एक छोरी छन्।