Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका तीन महिलाको मलद्वारमा झन्डै चार किलो सुन भेटियो

बिहीबार, फागुन १५, २०८१

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौं उत्रिएका चार जना मध्य तीन महिलाको मलद्वारमा झन्डै चार किलो सुन भेटिएको छ।

विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ३ जना पक्राउ गरिएको छ। 

बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक सुनसहित पक्राउ परेका हुन्। 

४ जनाको टोली आएको मध्य तीन जना महिलाका साथबाट सुन भेटिएको प्रहरीले जनाएको छ।

उनका अनुसार ४ जनामध्ये एक जना पुरूष हुन्। उनको साथबाट भने सुन बरामद नभएता पनि उनीहरू एउटै समूहका हुन्। 

मलद्वारमा डल्लो पारेर सुन लुकाइएको थियो। 
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार