झापामा फन्किएका ‘काजी’को चितवनमा माफी, सुनसरीदेखि अभियानमा राजी
काठमाडौं– नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तराई मधेस जागरण अभियान अन्तर्गत सुनसरीदेखि जोडिएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै उनी सुनसरीको देवानगञ्जमा विहीबार जोडिएका हुन्। यो अभियानमा नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव पनि जोडिएका छन्।
यसैगरी अभियान अन्तर्गत उपमहासचिव हरिबोल गजुरेललगायत पनि सक्रिय रहेका छन्।
अभियानको उद्घाटनमा बोल्ने क्रममा झापामा फन्किएका बरिष्ठ उपाध्यक्ष श्रेष्ठ त्यसपछि काठमाडौं आएका थिए। अध्यक्ष प्रचण्डसँग कुराकानी भएपछि चितवनको कार्यक्रममा माफी मागेका थिए।
‘पार्टीमा बिरोधाभाष छैन, सामान्य विषय थियो। बरिष्ठ उपाध्यक्ष अब अभियानमा हुनुहुन्छ’, देवानगञ्जमा रहेका माओवादी कार्यकर्ताले क्यानडानेपाललाई बताए।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ ११:५०
प्रतिक्रिया दिनुहोस्