नेभिगेशन
समाज विविध

स्वकीय सचिवको आत्महत्यामा विपक्षीले गरे राजनीति, मन्त्री श्रेष्ठको मागियो राजीनामा

काठमाडौं– बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिवको आत्महत्या प्रकरणलाई विपक्षी दलहरूले राजनीतिक मुद्दा बनाएका छन्।

स्वकीय सचिव रवि थापा निधनबारे निष्पक्ष छानबिनका लागि प्रदेशसभाका विपक्षी दलहरूले मन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्।

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिनका लागि मन्त्री श्रेष्ठले राजीना दिनुपर्ने जनाएका छन्। 

यसबाहेक ति दलहरूले संसदीय छानबिन समिति गठनको पनि माग गरेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको उल्लेख गरिए पनि ‘सुसाइड नोट’ र अडिओ रेकर्डमा मन्त्रीश्रेष्ठसहित अन्य केही व्यक्तिको नाम रहेको विपक्षीको दाबी रहेको छ।

छानबिन प्रक्रिया स्वतन्त्र र निष्पक्ष बनाउन मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उनीहरूको जिकिर छ।

धादिङको धुनिबेँसी नगरपालिका–९, निवासी सहकारी मन्त्रीका स्वकीय सचिव ३६ वर्षीय रवि थापा विष पिएको अवस्थामा मृत भेटिएका थिए। 

सहकारी गिरोहले आफूलाई मर्न बाध्य बनाएको उल्लेख गरिएको सुसाइड नोट उनको साथमा फेला परेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता