Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘लाज शरणम्’ १५ मिनेट छोट्याइयो, सेन्सर बोर्डले हैन निर्माताले कुन दृश्य किन काटे?

बिहीबार, फागुन १५, २०८१

काठमाडौं– आक्रामक ब्यापारको लय समातेर बुधबारदेखि देशैभरी प्रदर्शनमा आएको जेपिटी क्रिएशनको नेपाली फिचर फिल्म ‘लाज शरणम्’ १५ मिनेट छोटो बनाइएको छ।

यस फिल्मका १५ मिनेटका दृश्यमा सेन्सर बोर्डले कैंची लगाएको होइन। निर्माण टोली आफैंले कैंची लगाएको दृश्यरहित फिल्म विहीबारदेखि प्रदर्शनमा पठाइएको छ।

निर्माता तथा कलाकार अर्जुन घिमिरे पाँडेले समीक्षक र दर्शकको सल्लाहअनुसार अनावश्यक दृश्यमा कैंची चलाइएको बताएका विवरण सार्वजनिक भएका छन्।

काटिएको भनिएका दृश्यमा सीताराम कट्टेल धुर्मुसले मदिरा पिउँदै फेसन टिभी हेरेको, गोदामभित्रका केही दृश्य, प्रहरी आएर पानी खाएको र फ्रिजभित्र हेरेको, भोलाराज सापकोटाले वास्तु हेर्ने सन्दर्भका दृश्य काटिएको हो। यी दृश्य अनावश्यक र भद्दा हुन सक्ने पनि आँकलन गरिएको थियो।

बुधबार फिल्म रिलिज हुँदा कूल रनटाइम १६१ मिनेट थियो। अब यो फिल्म १४५ मिनेटको हुनेछ। २ घन्टा ४१ मिनेटको फिल्म घटेर अब २ घन्टा २५ मिनेटमा झारिएको छ।

कतिपय समीक्षकले अनावश्यक दृश्य राख्दा दर्शकलाई झिझो भएको बताएका थिए। 

कुमार कट्टेल निर्देशित यो फिल्म महाशिवरात्रि पर्वको अवसरमा बुधबारदेखि रिलिज भएको हो । यो फिल्म विहिबारदेखि मध्यपूर्वको कतारमा समेत प्रदर्शनमा आएको सेभेन सिज इन्टरनेसनलले जनाएको छ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्