नेभिगेशन
मनोरञ्जन

टिकटकमा ‘मायावी’ पाइरेसी, साइबर ब्यूरो जाँदै निर्माता

काठमाडौ - फिल्म ‘मायावी’ बुधबार बिदाको दिनमा सुखद ओपनिङ गर्यो । देशका विभिन्न हलमा फिल्मको व्यापार सुखद भएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ । फिल्मको कथावस्तु, कलाकारको अभिनयलाई पनि दर्शकले मन पराएका छन् । अधिकांश दर्शक क्लाइमेक्स दृश्यमा भावुक देखिए । 

तर, फिल्म ‘मायावी’ रिलिजको दिनबाटै टिकटकमा पाइरेसी भएको छ । फिल्मको महत्वपूर्ण दृश्य समेत  टिकटकमा भाइरल छन् । जसले दर्शकको उत्सुकतालाई कम गराउन सक्छ । 
टिकटकमा फिल्मको क्लाइमेक्स समेत खिचेर दर्शकले पोष्ट गरेपछि निर्माणपक्ष केही तनावमा पनि देखिएको छ । 

फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराईले महत्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन् । यसको निर्माणपक्षले साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको छ । 

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा बनेको यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, सुशील सिटौला, समिम खान, राजाराम पौडेल लगायतका कलाकारहरूको अभिनय छ । 

फिल्मको वर्ड अफ माउथ बलियो भएका कारण पनि आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास निर्माणपक्षको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन