अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नेपथ्यको पाटोः रेस्लिङका सौखिनले के–के गरेका थिए?
काठमाडौं– अमेरिकाका ४७औं राष्ट्रपतिमा निर्वाचित भएपछि डोनल्ड ट्रम्पका विभिन्न पाटोका विषयमा चर्चा चलिरहेका छन्।
तर उनको नेपथ्यको अर्को पाटो हो, रेस्लिङ। ट्रम्पको यो सौखका विषयमा पनि जानकारी राखौं।
ट्रम्पलाई रेस्लिङ विशेषगरी डब्ल्यूडब्ल्यूई (वोलर््ड रेस्लिङ इन्टरटेनमेन्ट)सँग लामो सम्बन्ध रहेको छ।
उनले डब्ल्यूडब्ल्यूईको कार्यक्रममा धेरै पटक उपस्थिति जनाएका छन्। विशेष गरी रेस्लिङ मेनियाँ जस्ता ठूला इभेन्टहरूमा ट्रम्प सहभागी भए।
सन् १९८८देखि १९८९ को रेस्लिङ मेनियाँको चौथो र पाँचौ इभेन्टहरू ट्रम्पको आफ्नै क्यासिनो त्चगmउ एबिशब मा आयोजना गरिएको थियो।
सन् २००७ मा भएको ब्याटल अफ दी बिलिनियर्स रेस्लिङ मेनियाँमा पनि ट्रम्पको उपस्थिति र सहभागीता रहेको थियो।
ट्रम्प र डब्ल्यूडब्ल्यूई अध्यक्ष विन्स म्याकम्याहनबीच फाईट प्रमोशन भयो, जहाँ दुबैजनाले आफ्ना प्रतिनिधि पहलवानलाई भिडिआए। ट्रम्पका तर्फबाट बबी ल्यासलेले खेलेका थिए भने म्याकम्याहनका तर्फबाट उमागा रिङमा उत्रिएका थिए।
यो लडाइँको सर्त थियो—जो हारेको उसको टाउको खौरिन्थ्यो। ट्रम्पको टोली जितेपछि उनले म्याकम्याहनको कपाल आफैं काटिदिए।
सन् २०१३ को डब्ल्यूडब्ल्यूई हल अफ फेमलाई पनि ट्रम्पको माया थियो।
डब्ल्यूडब्ल्यूईले ट्रम्पलाई उक्त खेलमा समावेश गराएको थियो।
ट्रम्प शोबिज र प्रचारकला मन पराउने व्यक्ति हुन् र डब्ल्यूडब्ल्यूईको स्टाइल उनको ब्रान्डिङसँग मेल खान्छ।
डब्ल्यूडब्ल्यूई फ्यानबेस (जो अमेरिकी राजनीतिको सन्दर्भमा महत्त्वपूर्ण छ) ट्रम्पको समर्थक आधारसँग मेल खान्छ।
उनले रेस्लिङलाई मनोरञ्जन र व्यापारको संयोजनको रूपमा हेर्थे, जसले उनलाई प्रचार र लोकप्रियता बढाउन मद्दत गरेको मानिन्छ।
उनको डब्ल्यूडब्ल्यूईसँगको संलग्नता खासै फिजिकल लडाइँभन्दा पनि प्रमोशनल स्टन्ट जस्तो थियो, जसले उनको पब्लिसिटी बढायो।
(एजेन्सीको सहयोगमा)