Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्फाले विदेशमा खेल्न बिदा गर्‍यो महिला राष्ट्रिय फूटबल टोलीका तीन खेलाडी, रेखा र साम्बा गए अन्जिलाको फ्लाईट शुक्रबार

बिहीबार, फागुन १५, २०८१

काठमाडौं- नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बासहित तीन खेलाडीको बिदाइ गरिएको छ । उनीहरुलाई व्यवसायीक फुटबल खेल्न बिदाई गरिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार स्ट्राइकर सावित्रा भण्डारी साम्बा र फरवार्ड रेखा पौडेल बिहीबार कर्मथलो फर्किएकी हुन्। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा भने शुक्रबार उड्ने कार्यतालिका छ ।

उनीहरू घरेलु मैदानमा भएको इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न स्वदेश फर्किएका थिए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार भएको फाइनलमा म्यानमारसँग नेपाल २–० ले पराजित भएसँगै उनीहरू आ आफ्नो क्लब सम्हाल्न फर्किएका हुन्। 

अञ्जिलाले किर्गिस्तान र लेबनानविरुद्ध १–० को जित निकाल्दा पोस्ट सम्हालेकी थिइन्। तर, म्यानमारविरुद्धको लिग खेलमा भने मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो रोजाइकी गोलकिपर अञ्जना रानामगरलाई गोल पोस्टको जिम्मेवारी दिएका थिए। 

उक्त खेलमा नेपालले कठिन पुनरागमन गर्दै २–२ को बराबरी खेलेको थियो। फाइनलमा भने कप्तान अञ्जिला सुरुआती ११ मै फर्किएकी थिइन्। तर, उनले टोलीलाई उपाधि दिलाउन सकिनन्। उनले निस अट्रोमिटौबाट ग्रीक महिला ‘ए’ डिभिजन खेल्दै आएकी छन्। अट्रोमिटौबाट तीन खेलमा मौका पाएकी छन्।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्